कलैया,बाराको कलैया उपमहानगरपालिका– १८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चारजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर– १२ मुर्लीस्थित एक घरबाट मङ्गलवार राति उद्धार गरेको र अपहरणमा रिकेशकुमार, राजन गुप्ता तथा पर्साको सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको बताउनुभयो । हिरासतमा रहेका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन ।पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताउनुभयो ।


















