निजगढ,सिके राउत नेतृत्वको जनमत पार्टीको निजगढ नगर समिति गठन गरेको छ । निजगढमा बिहीवार भएको भेलाले मोजहर मन्सुरको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको हो ।नगर समितिको उपाध्यक्षमा नाजमा खातुन, सचिवमा रामचन्द्र दास, सहसचिवमा इमरान केशरी र कोषाध्यक्षमा किशोरी ठाकुर सहित २१ सदस्यीय नगर समिति गठन गरेको हो ।भेलामा जनमत पार्टीका केन्द्रीय सदस्य रामबाबु साह र केन्द्रीय पर्यवेक्षक रामविनोद यादव लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply