निजगढ,निजगढ फुटबल क्लबका अध्यक्ष शम्भु थापा मगरको असामयिक निधनप्रति निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले शोक व्यक्त गर्नुभएको छ ।नगर नगर प्रमुख पुरीले आज एउटा शोक वक्तव्य निकालेर थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
नगर प्रमुख पुरीले जारी गरेको वक्तव्यमा थापाको निधनले निजगढ नगरपालिकाका जनप्रतिनिधि, खेलकुद क्षेत्र तथा समग्र नगरवासीलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ । स्व. थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारजनमा पनि समवेदना व्यक्त गर्नुभएको छ ।
‘स्व. थापा मगर खेलकुदप्रेमी, खेल प्रशिक्षक, जुझारु तथा कर्मठ खेलाडीका रूपमा परिचित हुनुहुन्थ्यो, शोक व्यक्तमा भनिएको छ, खेलकुद क्षेत्रमा थापाले पु¥याएको योगदान निजगढमा सधैं स्मरणीय रहने छ ।’निजगढ– ४ स्थित पुरानो निजगढको खेल मैदानमा भइरहेको नगरका विद्यालय स्तरीय फुटबल प्रतियोगिताको निरीक्षण गर्ने क्रममा शनिवार उहाँ अचानक मैदानमै ढल्नुभएको थियो । दिउँसो करिब २ बजे मैदानमै बेहोस भएपछि उहाँलाई तत्काल निजगढस्थित सिटी अस्पताल लगिएको र प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा रेफर गरिएकोमा उपचारका क्रममा चिकित्सकहरुले उहाँलाई मृत घोषणा गरेका थिए ।



















