काठमाण्डौ – टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपमा पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।पोखरा रङ्गशालाको भलिबल कोर्टमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–२ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२१ र पाँचौं सेट १५–१० जित्यो । गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जित्यो ।

यस्तै अर्काे खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१५ ले जित्यो ।आइतवार नै यसअघि भएका खेलमा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । यस्तै पुरुषतर्फ भारतको सुनिल भलिबल क्लबले साविक विजेता हेल्प नेपाल स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हरायो ।पाँचौं संस्करणको प्रतियोगिता आउँदो शनिवार माघ १९ गतेसम्म चल्नेछ ।

Leave a Reply