कोल्हबी,बाराको बारागढी गाउँपालिकामा मदन आश्रित भवन निर्माण हुने भएको छ । मधेस सरकारको योजनामा सुविधा सम्पन्न मदन आश्रित भवन निर्माण हुन लागेको हो ।भवन निर्माणका लागि बारागढी गाउँपालिकाले जमिन उपलब्ध गराएको छ । भवनको बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका पोलिटव्यूरो सदस्य अच्युत मैनालीले शिलान्यास गर्नुभएको थियो ।भवनको शिलान्यास गर्दै मैनालीले जिल्लाको ऐतिहासिक र लोकतान्त्रिक आन्दोलनका अग्रज जन्माउने भूमिमा मदन आश्रित भवन निर्माण हुन लागेको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । सामाजिक संजाल मार्फत मैनालीले बारागढीलाई नेपाल–अंग्रेज युद्धमा नेपाली पक्षले वीरता प्राप्त गरेको स्थानको रुपमा सम्झिनुभएको थियो । भवन निर्माणपछि स्थानीयहरू लाभान्वित हुने उहाँको भनाई छ ।

Leave a Reply