आमचुनाव आउँदैछ । यदि सरकारले तोकेकै मितिमा नै चुनाव हुने हो भने अब धेरै दिन छैन ।करिब करिब दुई महिनाकै समय छ भन्दा पनि हुन्छ । यद्यपि यो समय अलि बढी पनि छ । यो संसदीय चुनाव हो । यसमा नेताहरु सांसद बन्नका लागि चुनावमा उठ्नेछन् त्यसैले पनि चुनाव दल र तिनका नेताका लागि महत्वपूर्ण छ ।
पाँच वर्षका लागि हुने चुनावमार्फत सांसद बनेर भोगचल गर्ने गर्दछन्, उनीहरुले । त्यसैले पनि चुनाव यो अर्थमा पनि नेताहरुका लागि महत्वपूर्ण छ तर नेपालको राजनीतिमा वषौंदेखि हालीमुहाली गरिरहेका नेताहरुले विश्राम लिदा नै उचित हुनेछ ।
तर, अहिले उम्मेदवार बनाउनको लागि दलहरुको तर्फबाट पार्टीले शीर्ष नेताहरुलाई समेत सिफारिस गरेको कुरा आएको छ । हुन त बिशेष गरी काँग्रेसका सभापती, एमालेका अध्यक्ष र नेपाली कम्यूनिष्ट पार्टीका अध्यक्षलाई जनताले खासै स्वीकार गरेको देखिदैन । उनीहरु फेरि पनि नदोहोरिन्ु भन्ने चाहना धेरैको छ तर जेनजी आन्दोलनको पनि माग यही थियो तर उनीहरुले जवरजस्ती गरिरहेका छन् । उनीहरुले फेरि चुनाव लड्ने चाहना देखाइ रहेकै छन् ।
हुन त उनीहरुले चुनाव जित्न पनि सक्लान् तर चुनाव जिते पनि उनीहरुले देश र जनताका लागि भने केही गर्दैन् यो चैं इतिहाँसबाट नै प्रष्ट भएको छ । चुनाव लड्छुभन्दा नदिने कुरा पनि नहोला किनभने यसमा प्रजातन्त्र र मानव अधिकारको कुरा पनि आउला तर उनीहरुलाई जनताले अब चैं अनुमोदन गर्ने संभावना निकै कम होला । फेरि पनि यिनीहरु नै आउने हो भने देश र जनताका लागि दूर्भाग्य नै हुन्छ, जसले जे भने पनि ।

















