कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ बेलवाडी श्रीपुरकी एक १५ बर्षिया किशोरी छात्राको उपचारमा समस्या भएको छ ।

मसायन अंसारीकी छोरी सुविना खातुनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वाको कक्षा ८ मा अध्ययन गर्ने खातुनको गत भदौबाट जिउ सुन्निने, हातगोडा गल्ने, अकास्मात बेहोस हुने जस्ता समस्या हुँदै आएको बालिकाका बाबुले बताउनु भयो ।

उनको उपचारका लागि कलैया, वीरगन्ज र सिमापारी नजिकैका भारतीय अस्पतालसम्म लगेको सुनाएका अंसारीले हालसम्म ५ लाख बढी रुपैंयाँ खर्च भएको बताउनुभयो । रोग पत्ता नलाग्दै लाखौं खर्च भएको उहाँले बताउनु भयो ।

डाक्टरहरुले रगतमा इन्फेक्सन भएको र उपचार गर्दा निको हुन्छ भनेका छन् । रकम ऋण काढेर र आफन्तसंग सापटी गरेर अहिलेसम्म गरेको खर्चबाट छोरीको स्वास्थ्यमा खासै सुधार नभएको र ठुला शहरका ठुला अस्पताल लैजान आफूसित पर्याप्त पैसा नभएको उहाँले बताउनु भयो ।

सहयोग गर्न चाहने मनकारीहरुका लागि पिडीत बालिका पिता मसायन अंसारीको बाराको कलैयामा रहेको प्रभु बैंक लिमिटेडमा रहेको बचत खाता नं. ०७७०१९००४६८७४१०००००१ मा सहयोग रकम जम्मा गरिदिनुहुन उहाँले अनुरोध गर्नुभएका छ ।

Leave a Reply