सिमरा,प्रहरी र कर कार्यालयको संयुक्त टोलीले अनुगमन गर्दै आइतवार अमलेखगञ्जमा घरेलु मदिरा बनाउने कच्चा पदार्थ र भट्टी नष्ट गरेको छ ।प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ र २२ अमलेखगञ्जको दुई स्थानमा अनुगमन गर्दै मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भट्टी नष्ट गरेको हो ।आन्तरिक राजश्व कार्यालय सिमराका कर अधिकृत टंक भुषाल र ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको टोलीले अनुगमन गरेको थियो ।अनुगमनका क्रममा जीतपुरसिमरा २१ स्थित राममन्दिर चोक र वडा नम्बर २२ को दुई नम्बर पुलनजिक भट्टी नष्ट गरेको हो । यसैगरी टोलीले मदिरा बनाउन प्रयोग हुने ६ सय ८० लिटर कच्चा पदार्थ र भाडा नष्ट गरेको बारा प्रहरीले जनाएको छ ।


















