कलैया,कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहको निर्देशनमा कलैयामा मुख्यमन्त्री सतिसकुमार सिंहले अनुगमनपछि बन्द गराइएका अस्पताल संचालनमा आएका छन ।मुख्यमन्त्री सिंहले शनीवार अनुगमनको क्रममा मापदण्ड विपरित संचालनमा रहेकोभन्दै निर्देशनपछि बन्द भएका कलैयाका १२ वटा निजी अस्पताल आइतवार बिहानबाट खुलेका हुन ।मुख्यमन्त्री सिंहले प्रचलित कानुन विपरित अधिकार क्षेत्र बाहिर गएर अस्पताल बन्द गर्न आदेश दिएको र सर्वसाधारणको स्वास्थ्य सेवा प्रवाहमा पुगेको असरलाई समेत ध्यानमा राखेर आफूले अस्पताल खोल्न निर्देशन दिएको नगर प्रमुख साहले बताउनुभयो । ‘मापदण्ड पूरा नगरेको पाइए नगरपालिकाले नै कारबाही गर्छ, उहाँले भन्नुभयो, मुख्यमन्त्रीलाई त्यस्ता अस्पताल बन्द गर्ने कुनै अधिकार नै छैन ।’ उहाँले आफूसंग कुनै सम्पर्क नै नगरी मुख्यमन्त्री सिंहले अनुगमनको नाममा अस्पताल बन्द गराएको र आफूले संचालन गर्न निर्देशन दिएको बताउनुभयो ।

कानुनले १५ शैयासम्मका अस्पताल खोल्न अधिकार स्थानीय तहलाई दिएको भन्दै नियमअनुसार खुलेका अस्पताल आदेशको भरमा बन्द गर्न नमिल्ने उहाँको भनाई छ । ‘कसैले मापदण्ड पूरा नगरेको पाइए पालिकालाई भन्नुपर्ने हो, उहाँले भन्नुभयो, तर अनुमति दिने निकायलाई कुनै जानकारी नै नदिएर अस्पताल जस्तो शंवेदनशील सेवा रोक्न पाइदैन ।’ बन्द गराइएका अधिकांश अस्पतालको परीक्षणकाल पनि पूरा नभएको उहाँको भनाई छ ।मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले कलैयामा संचालनमा रहेका योगशिला हस्पिटल प्रा.लि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि, कलैया हस्पिटल प्रा.लि, समाज प्रसुति तथा जेनेरल अस्पताल प्रा.लि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रा.लि, रारा हस्पिटल प्रा लि, राजकुमारी पोलिक्लिनिक, न्यु जीवनज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक, स्टार डेन्टल क्लिनिक र आशिर्वाद हस्पिटललाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका अस्पताल तथा क्लिनिकहरुले मापदण्ड विपरीत उपकरण र बेड राखेर बिरामीहरुको शल्यक्रिया, आकस्मिक सेवा तथा नवजात शिशुको आकस्मिक सेवा संचालन गरेको पाइएको जनाइएको छ ।
मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले कलैयामा संचालनमा रहेका योगशिला हस्पिटल प्रा.लि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि, कलैया हस्पिटल प्रा.लि, समाज प्रसुति तथा जेनेरल अस्पताल प्रा.लि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रा.लि, रारा हस्पिटल प्रा लि, राजकुमारी पोलिक्लिनिक, न्यु जीवनज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक, स्टार डेन्टल क्लिनिक र आशिर्वाद हस्पिटललाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका अस्पताल तथा क्लिनिकहरुले मापदण्ड विपरीत उपकरण र बेड राखेर बिरामीहरुको शल्यक्रिया, आकस्मिक सेवा तथा नवजात शिशुको आकस्मिक सेवा संचालन गरेको पाइएको जनाइएको थियो ।
यसैबीच कलैयास्थित योगशिला हस्पिटल प्रा.लि का सञ्चालक पवन गुप्ताले पत्रकारमाथि दुव्र्यवहार गरेको घटनापछि जिल्ला प्रहरी कार्यालय बारामा पत्रकारसँग माफी मागेका छन ।उनले आफूले गल्ती गरेको स्वीकार गर्दै अबदेखि यस्ता कार्य नदोहोर्याउने लिखित प्रतिबद्धता जनाएका हुन । शनीवार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनका क्रममा योगशिला अस्पतालमा रिपोर्टिङ गरिरहेका पत्रकार सन्दीप यादवमाथि सञ्चालक पवन गुप्ता र डा. सुमनप्रसाद साहले दुव्र्यवहार गरेका थिए । पत्रकारमाथि गालीगलौज गर्नुका साथै प्रेस कार्ड खोस्ने, मोबाइल खोस्ने प्रयास गर्ने र गोली हान्ने धम्कीसमेत दिइएको थियो ।घटना भएपछि शनीवार नै जिल्ला प्रहरी कार्यालय बाराले सञ्चालक गुप्तालाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयमा छलफल र सहमतिपछि अस्पताल सञ्चालक पवन गुप्ता छुटेका छन ।


















