काठमाण्डां,इन्स्पायर नोबल फाउन्डेशनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतसँगको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ ।फाउन्डेशनले एसिया कप– २०२३ अन्तर्गत भारतसँगको खेलमा छक्का प्रहार गर्ने प्रतिखेलाडीलाई एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो । जसअनुसार खेलकुद पत्रकार मञ्चको रोहबरमा बिहीवार आयोजित कार्यक्रममा भारतसँगको खेलमा छक्का प्रहार गरेका नेपालका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही एक लाख रुपैयाँ प्रदान गरिएको हो ।भारतसँगको खेलमा कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए । कुशल र सोमपाललाई फाउन्डेशनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गर्नुभयो । फाउन्डेशनले भारतसँगको खेलमा छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेशनलाई धन्यवाद दिएका छन् ।

Leave a Reply