सिमरा,राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले आयोजना गर्न लागेको ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’का लागि मधेस प्रदेश विधातर्फ बाराका दिवाकर भण्डारीसहित पाँचजना मनोनयनमा परेका छन् ।अवार्ड छनौट समितिले सात प्रदेश र आठ विधागत गरी १५ विधातर्फ उत्कृष्ट पाँचमा पर्न सफल फोटो पत्रकारको नाम सार्वजनिक गरेको हो ।
जसअन्तर्गत मधेश प्रदेशतर्फ अन्नपूर्णपोष्ट बाराका संवाददाता तथा इशिलालेख डटकमका संचालक दिवाकर भण्डारी, दि हिमालयन टाइम्सका वीरगञ्ज संवाददाता राम सर्राफ, नयाँ पत्रिका दैनिकका वीरगञ्ज संवाददाता तिवारी यादव, रासस प्रतिनिधि अर्मेद्रकुमार यादव र चन्द्रदेव साह मनोनयनमा परेका हुन् ।बैशाख १३ गते काठमाडौंमा आयोजित कार्यक्रमकाबीच मनोनयनमा परेकामध्ये एक जना पत्रकारलाई अवार्ड प्रदान गरिने राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।
समूहले यस पटक सात प्रदेश र आठ विधागत गरी १५ जनालाई फोटोपत्रकारिता अवार्डबाट पुरस्कृत गर्दैछ । कार्यक्रमकै अवसरमा जीवनभर फोटो पत्रकारितामा योगदान पु¥याएका एकजना अवकाशप्राप्त फोटो पत्रकारलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्डझ पनि प्रदान गरिने वन्तले बताउनुभएको छ ।
अध्यक्ष वन्तको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिमा फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्स्योरेन्सका ब्राण्डिङ्ग एण्ड कम्युनिकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञ वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दहाल रहेका छन् ।अध्यक्ष वन्तले देशभरिका फोटो पत्रकारहरूबाट प्राप्त आवेदन तथा उनीहरुले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको आधारमा मनोनयन गरिएको जानकारी दिनुभयो ।