वीरगञ्ज, मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले आइतवार मन्त्रीमण्डल विस्तार गर्नुभएको छ ।
शुक्रवार मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै १४ सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएका मुख्यमन्त्री सिंहले आइतवार थप जनालाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री सिंहले एक जनालाई वन तथा वातारण मन्त्री र एक जना विना विभागीय मन्त्रीमा समावेश गरेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मन्त्री मुख्यमन्त्री सिंहले जनमत पार्टीबाट सांसद त्रिभुवन साह वन तथा वातावरण र सकिल मियाँलाई बिना विभागीय मन्त्रीमा सिफारिस गर्नुभएको थियो ।

मुख्यमन्त्री सिंहले सिफारिस गरेका दुबै जनालाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम जिम्मेवारी र कार्य विभाजनसहित पुनर्गठन गर्नुभएको हो । नवनियुक्त साह र मियाँले आइतवार नै पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन् । प्रदेश प्रमुख भण्डारीले दुबैजनालाई एक समारोहबिच शपथ ग्रहण गराउनुभएको हो ।सत्ता गठबन्धनमा भएको मन्त्रालय बाँडफाँटमा जनमतले मुख्यमन्त्री, एक मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । तर आइतवार मुख्यमन्त्री सिंहले एक जनालाई बिना विभागीय मन्त्री थपेर २ जना मन्त्री नियुक्त गर्नुभएको हो । जनमतका अध्यक्ष डा. सीके राउत अमेरिका भ्रमणबाट फर्केपछि साहलाई मन्त्री चयन गरिएको एक सांसदले बताए । योसंगै प्रदेशमा अब १६ सदस्यीय मन्त्रीमण्डल बनेको छ ।

Leave a Reply