पुष्पराज खतिवडा
बारा,प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ६०५९ नम्बरको यात्रुवाहक बसका चालक र सहचालक छन ।बसका चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ बस्ने वर्ष ३० को मुनिलालप्रसाद रौनियार र सहचालक जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नम्बर २ बस्ने वर्ष १९ को दिपेन्द्र शर्मा भएको प्रहरीे जनाएको छ ।

आइतवार अपराहन्न १२ः३० बजे बारा जिल्लाको जीतपुरसिमरा उमहानगरपालिका वडा नम्बर २ सिमरा चोकमा खटिएको प्रहरीले चेकिङ गर्ने क्रममा लागुऔषध खैरो हिरोइन ९ ग्राम ७६० मिलिग्राम फेला परेको थियो ।चेकजाँचका क्रममा बसका चालकको सिटमुनि आँपको बोराभित्र मिठाइको डब्बामा पहेँलो रङको प्लास्टिकको थैलीभित्र खाममा सेतो कागजमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो । पक्राउ परेकाहरु उपर आवश्यक अनुुसन्धान भइरहेको र लागुऔषध मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट म्याद थप गरिने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply