निजगढ,निजगढ नगरपालिकाको आयोजनामा आइतवार प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिक सम्पन्न भएको छ ।निशुल्क रुपमा सेवा प्रदान गरिएको सो क्लिनिकबाट निजगढ नगर क्षेत्रका ६१ जना महिलाहरुले स्वास्थ्य परीक्षण सेवा लिएका छन । क्लिनिकमा नारायणी अस्पताल वीरगञ्जकी बरिष्ठ महिला तथा स्त्री रोग विशेषज्ञ डा. मन्जु रायले भिआईए जाँच, आङ खस्ने समस्या, रिङग पेसरी राख्ने, बाझोपनको उपचार, स्तनको समस्या भएका र पाठेघरमा मासु पलाएका महिलाहरुलाई उपचार तथा परामर्श दिनुभएको थियो ।कार्यक्रम संयोजक निजगढ नगरपालिकाका उपप्रमुख सोम माया थिङले क्लिनिकको अनुगमन गर्नुभएको थियो ।
निजगढ नगरपालिकाले महिलाहरुको स्वास्थ्य अवस्था प्रबद्र्धन गर्न हरेक महिनाको पहिलो आइतवार निजगढमा विशेषज्ञ चिकित्सकमार्फत एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिक संचालन गर्दैैआएको छ ।

















