कलैया,बारा प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार र हातपात गरेको अभियोगमा सिम्रौनगढबाट एकजनालाई पक्राउ गरेको छ ।इप्रका सिम्रौनगढबाट खटिएको टोलीले सिम्रौनगढ नगरपालिका– २ बस्ने ४५ वर्षीय भोला साह कानुलाई मगलवार कलैयाबाट पक्राउ गरेको हो ।

सिम्रौनगढ नगरपालिका– ६ अमरपुर टोलमा गत फागुन २४ गते दिउँसो ड्युटीमा खटिएको प्रहरीलाई काम करबाहीमा बाधा गरी अभद्र व्यवहार गरेको अभियोगमा कानुलाई पक्राउ गरि आवश्यक कानुनी कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
नेपाल भारतको सिमानाकाबाट लागु औषध ओसारपसार कारोबार भइरहेको सूचनाको आधारमा चेकजाँच गर्न पुगेका प्रहरीलाई चेक जाँच तथा सोधपुछ गर्ने क्रममा कानुसहित १०÷१५ जनाको समुहमा आएका मानिसहरूले अभद्र व्यवहार र हातपात गरेका थिए । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीमाथि गालीगलौज तथा हातपात गर्दैै उनीहरुभागेका थिए । हातपात तथा अभद्र व्यवहारसमेत गरी फरार बनेको समुहको खोज तलासको क्रममा कलैया उपमहानगरपालिकाको कलैया बजारबाट सोमवार नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र फरार रहेका अन्य व्यक्तिकोसमेत खोज तलास भइरहेको प्रहरीका प्रवक्ता नायव उपरीक्षक पण्डितले बताउनुभयो ।

Leave a Reply