आरके राजन
सिम्रौनगढ,नेशनल लघुवित्त वित्तीय संस्थाले सिम्रौनगढ शाखाले सिम्रौनगढ नगरपालिकाका विभिन्न धार्मिक एवंम सार्वजनिक स्थानहरुमा सरसफाइ गरेको छ ।संस्थाको दशौं वार्षिक अवसरको उपलक्ष्यमा सिम्रौनगढ शाखा कार्यालयले मंगलवार धार्मिक एवंम अन्य सार्वजनिक स्थानहरुमा सरसफाइ गरेको हो ।

संस्थाको सिम्रौनगढ शाखाका व्यवस्थापक उमेशलाल बैठाको नेतृत्वमा संस्थामा आवद्ध समुहका सदस्यहरु, सेवाग्राही र कर्मचारीहरुले कंकाली मन्दिर परिसर, कंकाली चौक, बस पार्क र नगरपालिका रोडको सरसफाइ गरेका हुन् ।कार्यक्रममा संस्थाका कर्मचारी जितेन्द्र साह कानु, जयराम महरा, कृष्णा चौधरी, करुणा चौधरी र ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरीहरुको साहभागिता थियो ।सो कार्यक्रमको अन्त्यमा पशुपंक्षी बचाउ अभियानकी स्वयमसेवक फुलपतीदेबी मुखियाले आगामी गढीमाई मेलामा पशुपक्षीको बली नदिन आग्रह गर्नुभएको थियो ।

Leave a Reply