वीरगञ्ज,नेकपा एमालेको वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । उहाँले प्रतिस्प्रर्धी सुन्दर कुर्मीलाई ५५ मतान्तरले पराजित गर्नुभएको हो ।नेकपा एमालेको मंगलवार भएको निर्वाचनमा नवराज शर्मा र सुन्दर कुर्मीले प्यानल बनाएर निर्वाचनमा सहभागी बनेका थिए । शर्माको प्यानललाई वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीको समर्थन थियो भने सुन्दर कुर्मीको प्यानललाई पर्सा अध्यक्ष विश्म्भर शर्मा, सांसदहरु प्रभु हजरा र निर्मला देवकोटाको समर्थन रहेको थियो ।

मंगलवार सम्पन्न मत परिणाम अनुसार शर्माले १५१ मत प्राप्त गरेका छन् । उहाँको प्रतिद्धन्दी कुर्मीले ९६ मत मात्र ल्याएका छन् । त्यसैगरी उपाध्यक्षमा रामकिशोर सिंह(पराग) विजयी हुनुभएको छ । उहाँले जले आलम अंसारीलाई परास्त गर्नुभएको हो । सचिवमा लियाकत अली विजयी भएका छन् । उहाँले अनिश अंसारीलाई हराउनुभएको हो ।
नगर कमिटीमा नवराज शर्माको प्यानलबाट उपसचिवमा जयनारायण सिंह कुर्मी र विमला श्रीवास्तव, लेखा समिति अध्यक्षमा अजयकुमार साह र सचिवमा राघव पटेल विजयी भएका छन् ।त्यसैगरी सदस्यहरुमा बासुदेव प्रसाद, देवकुमार सर्राफ र महिला सदस्यमा सितामैया श्रेष्ठ विजयी भएका छन् ।

Leave a Reply