वीरगन्ज,सामाजिक संस्था जिल्ला समन्वय समिति (एनजिओसिसी) पर्साले २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संंस्थाकै कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा ४ जना महिलासहित २४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा सामुदायिक रेडियो नारायणी एफ एमका प्रबन्ध निर्देशक गोविन्द देवकोटा, चाइल्ड हब नेपालका अध्यक्ष आमिर हवारी, महासचिव जया साह, सहसचिव अनिता गिरी लगायतले रक्तदान गरेका थिए ।

संस्थाका इब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार बृजकिशोर पटेल, महासचिब रामप्रवेश साह, निवर्तमान अध्यक्ष रामनरेश प्रसाद यादव, बोर्डका सदस्यहरु लगायतको उपस्थिति रहेको संस्थाका प्रशासन र जिन्सी शाखा दुलासनप्रसाद साहले जानकारी दिनुभयो । यसैबीच संस्थाले वीरगन्जस्थित मानवसेवा आश्रममा आश्रीतहरुलाई फलफुलसमेत वितरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here