निजगढ,निजगढ नगरपालिकामा व्यवस्थित स्वास्थ्य सेवा प्रवाहको लागि सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी आयोजना गरेको छ ।निजगढ नगरपालिकाको आयोजनामा संरक्षण नेपाल र यूनाइटेड मिशन टू नेपाल संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा निजगढ नगरपालिकाले स्वास्थ्य उपचार सेवालाई प्रभावकारी तुल्याउने बारेमा मंगलवार सो कार्यक्रम आयोजना गरेको हो ।

नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा तानसेन मिशन अस्पतालको निर्देशक बेलायती नागरिक डा. रेचललगायतको टोलीलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ । विगत २५ वर्षदेखि तानसेन मिसन हस्पिटलमा आवद्ध भएर नेपाली नागरिकको स्वास्थ्य सेवामा समर्पित डा. रेचल नेपाली भाषा, संस्कृति, नेपाली मौलिकता संरक्षणको क्षेत्रमा पनि सक्रिय रहदैआउनुभएको छ ।
कार्यक्रममा उपप्रमुख सोम माया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, वडा अध्यक्ष्यहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, पूर्वजनप्रतिनिधिहरु,विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, संरक्षण नेपाल र यूनाइटेड मिशन टू नेपालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा निजगढ नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुख, संस्थागत एवं सामुदायिक अस्पतालका प्रतिनिधि, निजगढ नगरपालिकाको स्वास्थ्य शाखा, योजना तथा अनुगमन शाखा, शिक्षा शाखा, वन वातावरण तथा विपद शाखाका प्रमुखको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजीकरण नगर कार्यपालिकाको कार्यालय निजगढका योजना तथा अनुगमन शाखा प्रमुख जीवन गौतमले गर्नुभएको थियो ।


















