वीरगञ्ज –  पर्साको क्लार्क क्यासिनो प्रकरणमा नाम जोडिएपछि इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल निलम्बनमा परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका– १४ गण्डकस्थित रिसोर्टमा सञ्चालित क्यासिनोसम्बन्धी प्रकरणमा प्रहरी निरीक्षक पौडेलको नाम जोडिएपछि उनलाई निलम्बन गरिएको हो ।

उनको स्थानमा प्रहरी निरीक्षक भानुभक्त अर्यालले बिहीबारदेखि इलाका प्रहरी कार्यालय पोखरियाको नेतृत्व सम्हाल्नुभएको छ । अर्याल इलाका प्रहरी कार्यालय गजुरीबाट काज सरुवामा पोखरिया आउनुभएको हो । कार्यालयको जिम्मेवारी सम्हाल्दै उहाँले क्षेत्रको शान्ति–सुरक्षा कायम गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

क्यासिनो प्रकरणको अनुसन्धान जारी रहेकै अवस्थामा इलाका प्रहरी कार्यालय पोखरियाको नेतृत्व परिवर्तन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सो घटनामा थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्नता, प्रहरीको भूमिका तथा अन्य सम्बन्धित पक्षबारे अनुसन्धानबाट थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।

Leave a Reply