आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा हरिओम प्रसाद जयसवाल कार्यालयमा हाजिर हुनुभएको छ ।उहाँलाई उपप्रमुख नजमु शेहरले र कर्मचारीहरुले सोमवार कार्यालयमा स्वागत गरेका थिए । जयसवाल नगरपालिका कार्यालयको जिम्मेवारी सम्हाल्ने २०औं प्रमुख प्रशासकीय अधिकृत बन्नुभएको छ ।
कार्यक्रममा अधिकृत जयसवालले ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढलाई सौन्दर्यकरण गरी यहाँको ललित कला, वास्तु कला र पर्यटकीय स्थलहरुलाई थप आकर्षक पर्ने र विश्वव्यापी पहिचान दिलाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
विगतको दिनमा आफूले गरेको कार्यहरुको मूल्याङ्कन गरेर फेरि सिम्रौनगढमा सरुवा भई आएको उहाँको भनाई छ । नगरपालिकाबाट जनताहरुले पाउनुपर्ने सुविधामा आफूले कुनै पनि कन्जुस्यायी नगर्ने उहाँले बाँचा गर्नुभयो ।
स्वागत कार्यक्रममा नगर प्रमुख किशोरीप्रसाद जयसवाल, वडा अध्यक्षहरु रामएकवाल प्रसाद यादव, एजुलाह अन्सारी, सुरेन्द्रप्रसाद जयसवाल, अवधेश सहनीलगायत जनप्रतिनिधि, कर्मचारी र जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।



















