कलैया,नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलनलाई अझ सशक्त बनाउन कक्षा १२ को परीक्षामा सहभागी नहुन जिल्ला आन्दोलन परिचालन समिति बाराले शिक्षकहरुलाई आह्वान गरेको छ ।आन्दोलन परिचालन समितिले आइतवार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेको हो । संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी, नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष बद्रीनारायण झा, एकिकृत अखिल नेपाल शिक्षक सङगठ्न बाराका अध्यक्ष रोशन यादव, नेपाल विद्यालय कर्मचारी परिषद बाराका देवकुमार साह रहेका छन ्।
विज्ञप्तिमा २०८१ चैत २० गतेबाट निरन्तर काठमाडौं केन्द्रीत सडक अन्दोलन भइरहेको उल्लेख गरिएको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसै कममा वैशाख ११ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरिक्षक लगायत कुनै पनि कार्यमा संलग्न नहुन जिल्लाका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई अनुरोध गरेको सर्वविदितै रहेको विज्ञप्तिमा लेखिएको छ ।बारा जिल्लाका केहि प्रधानाध्यापकहरुलाई केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रममा उपस्थित हुनकालागि जिल्ला प्रशासन कार्यलय कलैया, बारामा बोलाएको सूचना आएकोमा जिल्ला अन्दोलन परिचालन समितिको गम्भीर ध्यानार्कषण भएको सो विज्ञप्तिमा लेखिएको छ ।जारी आन्दोलनलाई अझ सशक्त बनाउनका लागि कक्षा १२ को परीक्षा सञ्चालनार्थ कुनै पनि कार्यक्रममा सहभागी नहुन र परीक्षा सञ्चालनमा सहभागी नहुनका लागि सम्पूर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुमा परिचालन समितिले अनुरोध गरेको छ ।

Leave a Reply