पुष्पराज खतिवडा
मनहर्वा,सिमरामा उद्योगका मजदुरहरुले विरोध प्रदर्शन गरेका छन् । उद्योगीहरुले आर्थिक मन्दी र विद्युत कटौतिको कारण देखाएर मजदुर कटौती गर्न थालेपछि सोको विरोधमा सिमरामा बुधवार मजदुरले प्रदर्शन गरेका हुन् ।
आधिकारिक ट्रेड युनियन जगदम्बा स्टिल मजदुर युनियन सिमरा, अखिल नेपाल मजदुर संघ आधिकारीक ट्रेड युनियन हुलास स्टिल र अखिल नेपाल औद्योगिक मजदुर संघ त्रिवेणी स्पेनिङ्ग मिल्स छातापिपराको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो ।उद्योग बन्द हुँदा आफूहरूको रोजिरोटी सङ्कटमा परेकोभन्दै जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरूले प्रदर्शन उत्रिएका हुन् । उद्योग र विद्युत प्राधिकरणबीच उत्पन्न असहज परिस्थितिको मारमा मजदुरहरु परेको उनीहरुको गुनासो छ ।कारखानाबाट प्लेकार्ड सहित प्रदर्शनमा निस्किएका उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यालय घेराउ गरी ईलाका प्रशासन कार्यालय सिमरामार्फत नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय र प्रधानमन्त्री पुष्पकमल दहाललाई ज्ञापन पत्र समेत बुझाएका थिए ।अर्बौको बक्यौता भुक्तानी नगरकोे भन्दै विद्युत प्राधिकरणले लाईन काटेपछि उद्योगले श्रमिकहरु कटौतीसँगै पारिश्रमिक दिन नसक्ने जानकारी गराएकोले मजदुरहरु समस्यामा परेको ज्ञापन पत्रमा उल्लेख छ ।यसबाट ६ हजार भन्दा बढी श्रीमकहरुको रोजगारीमा असर परेको मजदुरहरुको भनाई छ ।समस्याको तत्काल समाधान नभएको खण्डमा आफुहरु थप कार्यक्रमसहित सशक्त संघर्षमा उत्रन बाध्य हुने पत्रमा जनाइएको छ ।प्रदर्शनमा सयौं मजदुरहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here