निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ मा एक बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई निजगढ प्रहरीले यौन दुव्र्यवहार आरोपमा मुद्दा दर्ता गरेको छ ।पक्राउ परेका युवलाई आइतवार जिल्ला अदालत बारामा पेस गरेर अनुसन्धानकोलागि ७ दिनको म्याद लिएपनि प्रहरीले युवकको नाम भने अझै खुलाएको छैन ।नातामा भतिज पर्ने १० वर्षिय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा निजगढ प्रहरीले शुक्रवार साँझ उनलाई घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ती युवकले घर नजिकैको एकान्तमा पर्ने बारीमा लगेर यौन सम्बन्ध राख्न प्रस्ताव गरेपछि बालिकाले घटनाबारे अभिभावकलाई जानकारी गराएका थिए ।घटनाको खबर पाएपछि तत्काल पुगेको प्रहरीले युवकलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको हो ।

















