हेटौडा,मकवानपुर प्रहरीले हेटौंडामा बाटो छेकेर सर्वसाधारणलाई कुटपिट गरेको आरोपमा बाराका तिन जनासहित चारजना पक्राउ गरेको छ ।प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का अजय गिरी, सञ्जय गिरी, शिवमंगल गिरी र रौतहट मौलापुर नगरपालिका वडा नम्बर ६ का शिवम् गिरीलाई पक्राउ गरी कारबाही शुरु गरेको हो । गत सोमवार हेटौँडा १५ पिपल चौतरा स्थित पुर्व–पश्चिम राजमार्गमा हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.२१ च ६०७ नम्बरको कारलाई मधेस प्रदेश ०२–०३४ प १३७२ नंबर र प्रदेश ०२–०३४ प ४१२९ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले कार चालक बारा जीतपुरसिमरा वडा नम्बर २२ का बलराम दोङ र कारमा सबार सोहि स्थानका महेश साहलाई मरणासन्न हुनेगरि कुटपिट गरेका थिए ।उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरि अनुसन्धान अघि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।



















