जनकपुर, १४ साउन– कोरोना भाइरसबाट सबै भन्दा बढी प्रभावित प्रदेश २ लाई इजरायली सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाविरुद्ध लड्न इजरायली सरकारले प्रदेश २ को समाजिक विकास मन्त्रालयलाई बुधबार स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

 

इजरायलले चार सय थान पिपिई, १ हजार थान केएन–९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान सर्जिकल ग्लोभ्स र १ सय जाँर ह्यान्ड सेनिटाइजर सहयोग गरेको सामाजिक विकास मन्त्री नवलकिशोर साहले जानकारी दिनुभयो ।

 

मन्त्री साहले उक्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार विभिन्न जिल्लालाई उपलब्ध गराउन स्वास्थ्य विभागका निर्देशक डा. प्रमोद यादवलाई हस्तान्तरण गर्नुभएको छ ।

 

स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु अगाडी मन्त्री साह र नेपालस्थित इजरायली दूतावासका प्रतिनिधिबीच भिडियो कन्फ्रेन्स भएको थियो । कन्फरेन्समा कोभिड–१९ र प्रदेश २ सरकारको रणनीति विषयमा छलफल भएको मन्त्री साहले बताउनुभयो ।

Leave a Reply