निजगढ,अविरल बर्षाका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले आइतवारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

वर्षाका कारण विद्यालय बाढी, पहिरोको घटना बढ्दो रहेको र जनधनको क्षति नियन्त्रण बाहिर हुन थालेपछि विदा दिन स्थानीय तहलाई आग्रह गरेको हो ।कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनीवार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले बाढी र पहिरोले भवनमा क्षति भएको, विद्यार्थी तथा अभिभावक बाढी पहिरोको चपेटामा परेको र यातायात अवरुद्ध भएका कारण विद्यालय बिदा दिन मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको हो ।बैठकले हाललाई विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागित गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईकाद्धारा जारी सूचनामा उल्लेख छ ।

Leave a Reply