आइतवार प्राय सबै स्थानीय तहरुले बजेट सार्वजनिक गरे । आगामी आर्थिक बर्षका लागि बाराका स्थानीय तहरुले पनि बजेट सार्वजनिक गरेका छन् तर यो बजेट सार्वजनिक कार्यक्रमको रबैया हेर्ने हो भने केही स्थानीय तहमा गज्जबको रमिता नै देखिएको छ । बजेट सार्वजनिक कार्यक्रममा नै दुई पक्षका बीचमा भएको हातहाताको समेत अवस्थाले भने रमिताको पनि हद नाघेको आभास हुन्छ ।प्रायःजसो यस्तो रमिता देशका अन्य जिल्लामाभन्दा मधेस प्रदेशका जिल्लाहरुमा बढी देखिन्छ । बाराका केही स्थानीय तहमा मात्रै होइन, मधेसका अन्य जिल्लाहरुका केही पालिकामा पनि यस्तै रमिता देखिन्छ । यस्तो रमिताले वास्तवमा मधेसकै शाखमा गिरावट त आएको छ । यसले राम्रो संदेश पनि दिएको छैन । आखिर बजेट ल्याउने बेलामा किन हुन्छ त लफडा ?बहस र छलफल तथा प्रश्न नै यही हो । बजेट त उत्ति बेला नै बनाउने कुरा होइन । नीति तथा कार्यक्रम ल्याएपछि बजेट ल्याउने हो हरेक स्थानीय तहले । लफडा गरिएका स्थानमा कि त प्रकृया पूरा भएन होला कि त अर्को पक्षले भने जसरी पनि बजेट नआएको होला । तर, यसरी संधै बजेट सार्वजनिक गर्ने क्रममा लफडा गर्नभन्दा बजेट तर्जुमा गर्ने समयमा नै लफडा भन्दा पनि छलफल र बहस तथा खबरदारी चैं आवश्यक छ ।

Leave a Reply