इन्दिप कोइराला,
बारा २३ भदौ । नवौं राष्ट्रिय खेलकुदका लागि नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बाराले जिल्ला स्तरिय छनांैट सम्पन्न गरेको छ । मधेस प्रदेश स्तरिय छनौंटमा सहभागी गराउंन जिल्लाबाट खेलाडी छनौंट गरिएको हो । निजगढमा सम्पन्न छनौंट खेलबाट पुरुष तर्फ आठ र महिला तर्फ आठ जना खेलाडी छनौंट भएका छन् ।

छनौंट हुंनेमा दिनेश तामा·, श्यामबहादुर अधिकारी, बिटुकुमार साह, दिनेशकुमार मण्डल, अर्जुन साह, निशान कलवार, पवनकुमार श्रेष्ठ, अमितकुमार साह रहेका छन् । यसैगरी महिला तर्फ सम्झना पाख्रीन, मनिषा वाईवा, सानु लामा, योङजा लामा योञ्जन, प्रतिमा अधिकारी, अनिशा कार्की, लिला श्रेष्ठ र पार्वती बस्नेत रहेका छन् । छनौंट प्रतियोगिताबाट पुम्से तर्फ पुरुषमा वर्षात मोक्तान, जेम्स बिक र महिलामा एलिशा अर्जेल छानिएका छन् । जिल्लाबाट छनौंट भएका खेलाडीले भदौ २७ देखी ३० गते सम्म बर्दिबासमा हुंने प्रदेश स्तरिय छनौंट प्रतियोगितामा सहभागिता जनाउंने छन् ।

प्रदेशबाट छानिएका खेलाडीले असोज २८ गते देखी कार्तिक ३० गते सम्म पोखरामा हुंने नवौं राष्ट्रिय खेलमा सहभागिता जनाउंन सक्ने छन् । प्रदेश स्तरिय छनौंटबाट बिभिन्न २२ तौल समूहमा खेलाडी छनौंट हुंने तेक्वान्दो संघका प्रदेश महासचिव राजकुमार लामाले जानकारी दिनुभयो । निजगढ नगरपालिकाकी उपप्रमुख सोममायां थिङको प्रमुख आतिथ्यतामा छनौंट खेल सम्पन्न भएको थियो ।

Leave a Reply