बारामा जेनजी युवा समूहको नाममा केही यस्तो गतिविधि भएको छ, जसका कारण सरकारी कार्यालयहरुबाट सेवा प्रवाहमा नै समस्या आएको गुनासो बढेको छ ।
विशेषगरी स्थानीय तहका वडा अध्यक्ष र कार्यालयका कर्मचारीहरुमाथि युवाहरुद्वाराको समूहले अनावश्यक दवाव दिन थालेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडाहरुबाट सेवा प्रभावित बनेको कुरा सार्वजनिक भएको छ ।

पालिकाको वडा नम्बर २० को वडा कार्यालयमा सेवा नै बन्द भएको छ भने अन्य वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरुले पनि अनावश्यक दवावमा काम गर्नुपरेको गुनासाहरु सार्वजनिक भएका छन् । जेनजीका नाउँमा यस्ता कार्य हुनु गलत हो । वडामा वा स्थानीय निकाय वा कतै केही समस्या भए त्यसको निराकरणमा लाग्ने हो नकि झन् समस्या थप्ने होइन ।

जेनजी समूहको नाममा स्थानीय केही युवाहरुले पछिल्लो पटक गत आइतवार वडा नम्बर २० को कार्यालयमा अचानक प्रवेश गरी टेबल–कुर्सी तोडफोड गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीमाथि दुव्र्यवहार गरेपछि शान्ति सुरक्षाको कारण देखाउँदै वडाबाट प्रदान गरिने सबै सेवा बन्द गरिएपछि यसले वडाकै नागरिकहरुलाई समस्या हुने हो र यो खालको क्रियाकलाप जेनजीका लागि पनि सुहाउने कुरा होइन ।वडा अध्यक्ष रसुलमियाँ अन्सारीसहित वडा सचिव र कर्मचारीहरूले शान्ति सुरक्षाको कारण देखाउँदै वडा कार्यालय बन्द हुँदा घाटा कसलाई भयो त ? यसको पनि ख्याल गर्नु पर्दछ ।

जनप्रतिनिधि र कर्मचारीहरुबाट राम्रो काम भएको छ भनेर भन्न पनि नसकिएला तर यसको समाधान भनेको दबाब र आक्रमण होइन ।विशेषतः फागुन २१ मा सम्पन्न भएको निर्वाचनपछि यो देशमा जेनजीहरुकै सरकार छ । अन्तरिम सरकार पनि जेनजीकै थियो । कसैले केही बद्मासी गरेको भए राज्यका निकायबाट नै कारबाही गर्न वा गराउन सकिन्छ तर अनावश्यक दबाब सृजना गरेर स्थानीय तहमा बबण्डर मच्याइनु स्वयम्का लागि घातक हुनेछ यस्तो कार्य कसैले नगरेकै उचित ।

Leave a Reply