सिमरा,
नेकपा एमाले नगर कमिटी जीतपुरसिमरा उपमहानगरपालिकाको अध्यक्षमा त्रिलोकिवक्रम शाह निर्वाचित हुनुभएको छ ।
नगर कमिटीको दोस्रो अधिबेशन अन्तर्गत मंगलवार भएको मतगणनामा आफ्ना प्रतिव्दन्दी हिरा बस्नेतललाई दोब्बर मतले पछि पार्दै शाह अध्यक्ष पदमा विजयी हुनुभएको हो । अध्यक्ष शाहले २०७ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी तारा (हिरा) बस्नेतले १०६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

नगर कमिटीको अन्य पदाधिकारीमा पनि शाहकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन । उपाध्यक्षमा कैमुदिन अन्सारीले १८६ मत प्राप्त गर्नुभयो भने सचिवमा रबिन्द्र भण्डारी १६५ मतसहित विजयी हुनुभयो ।
यसैगरी, उपसचिवमा विष्णुप्रसाद सापकोटाले १९५ र महिला उपसचिव अलौपिया चौधरीले १८२ मतसहित विजयी हुनुभएको छ ।

अध्यक्ष शाह एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल निकट मानिनुहुन्छ भने बस्नेतको समूहलाई अर्की पोलिटब्युरा सदस्य एंव पार्टीको बारा जिल्ला इचार्ज ज्वाला साहले समर्थन थियो ।गत ३० चैतमा सुरू भएको अधिवेशनमा पदाधिकारी चयनमा सहमति हुन नसकेपछि त्रिलोकविक्रम शाह र तारा (हिरा) बस्नेत प्यानल नै बनाएर चुनावमा उत्रिएका थिए । नगर कमिटीका सदस्यहरु भने यसअघि नै सर्वसम्मत चुनिएका थिए । कुल मत संख्या ३४८ रहेको नगर कमिटी जीतपुरसिमरा उपमहानगरपालिकामा ३२६ मतदान गरेका थिए ।

Leave a Reply