वीरगन्ज,वीरगन्जमा बच्चा चोर्न आएको आशंकामा तीनजना भारतीय महिलालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाबाट स्थानीयले तीन जना भारतीय महिलालाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन् । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्लका अनुसार बुधबार बिहान ९ बजे तिर बजार छपकैयाका स्थानीय एक व्याक्तिको घरमा छिरेका ती महिलाहरुलाई बच्चा चोर्न आएको आशंकामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

भारत बिहारको पश्चिमी चम्पारण जिल्लाकोे नरकटीयागन्जको पकडी ढाला घर भएका अन्दाजी ५०÷५५ बर्षिया सयरी खातुन, मयरुन नेशा र छतौटी खातुनलाइ स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभयो । स्थानीयले तीनै जना भारतीय महिलाले घरमा छिरेर बच्चा चोर्ने प्रयास गरेको आरोप लगाए पनि उनीहरुले बच्चा चार्ने प्रयास गरेको यथेष्ट प्रमाण भने नभेटिएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

वडा प्रहरी कार्यालयको हिरासतमा रहेका तीनै जना महिलाले आफूहरु बच्चा चोर्न नभइ औंठीमा जडान गरिने पत्थर, जन्तर र जडिबुटी बेच्न वीरगन्ज आएको बयान दिएको मल्लले जानकारी दिनुभयो ।

Leave a Reply