कलैया,बारा प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।बारा जिल्ला अदालतबाट लेखदेनसम्बन्धि मुद्दामा सजाय पाएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुर बस्ने ५५ वर्षका प्रकाशप्रसाद तिमल्सिना रहेका प्रहरी नायब उपरिक्षक डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।लुकिछिपी बस्दै गरेको अवस्थामा तिमल्सिनालाई पक्राउ गरेको डिएसपी न्यौपानेले बताउनुभयो । पक्राउ परेकामाथि बारा जिल्ला अदालतले २५ लाख रुपैँया जरिवाना तोकेको छ ।पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनायो ।

Leave a Reply