निजगढ,पसलबाट रिचार्ज कार्ड चोरी गर्दागर्दै निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलका स्थानीयले एकजना चोरलाई समातेर प्रहरीको जिम्मा लगाएका छन । स्थानीय मिना अधिकारीको पसलबाट १ सय दरको ३३ र ५० रुपैयाको ५३ थान रिचार्ज कार्ड चोरी गर्ने जिल्लाको करैयामाई गाउँपालिका मधुवनका २० वर्षका हादिम अन्सारीलाई आइतबार नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो । उनले पसलबाट मोवाइल रिचार्ज कार्डसंगै केही डिब्बा चुरोट पनि चोरी गरेका थिए ।

पसलमा मालिक नभएको मौका पारेर अन्सारीले रिचार्ज कार्ड र चुरोट चोरी गरेको अधिकारीले बताउन्ुभयो । अन्सारीलाई सोमबार जिल्ला अदालत बाराबाट म्याद लिएर थप लिएर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । अन्सारी केही दिनदेखि गाउँमा दैनिक ज्यालादारीमा काम गरेर बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here