oplus_0

निजगढ,मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले अनुगमनको नाममा निजगढका फार्मेसीहरु बन्द गर्न दिएको आदेशप्रति स्थानीय व्यवसायीहरुले गलत भएको बताएका छन । व्यवसायीहरुले सही र गलत नछुट्याएर मुख्यमन्त्री सिंहलेहचुवाको भरमा दिएको आदेश गलत भएको भन्दै असन्तुष्टि जनाएका हुन ।

‘कानुनअनुसार अनुमति पत्र लिएर फार्मेसी चलाउदैआएका थियौं, एक मेडिकल व्यवसायीले भने, तर मुख्यमन्त्री सिंहले गैह्कानुनीभन्दै बन्द गर्न आदेश दिएर जानुभयो ।’ उनले कुनैकुनै फार्मेसीले कानुन विपरीत गलत कार्य पनि गरेको हुनसक्ने भन्दै त्यस्तमाथि छानबिन गरेर कारबाही हुनुपर्ने बताएका छन । ‘कानुन विपरीत गर्नेमाथि पो कारबाही हुनुपर्छ, उनले भने, मुख्यमन्त्रीले आदेश दिनुभयो भन्दैमा व्यवसाय बन्द गर्ने कुरा आउदैन ।’

शुक्रवार वीरगञ्जको एक कार्यक्रममा सहभागी भएर राजधानी जनकपुरधाम फर्किने क्रममा मुख्यमन्त्री सिंहले निजगढमा संचालनमा रहेका अस्पताल र फार्मेसीहरुमा अनुगमन गर्नुभएको थियो ।सो क्रममा मुख्यमन्त्री सिंहको टोलील निजगढ ९ को मोहम्दी मेडिसिन सेन्टर, सामा फार्मेसी, मिश्रा मेडिकल सेन्टर र निजगढ ८ को सिद्धार्थ मेडिकल हल तथा अस्पताल र क्लिनिकहरुमा अनुगमन गर्नुभएको हो । मुख्यमन्त्री सिंहसंगै रहनुभएका प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत ठाकुरले फार्मेसी पसलभित्र अस्पताल सेवा सञ्चालन गरेको पाइएको भन्दै बन्द गर्न निर्देशन दिइएको बताउनुभएको थियो ।
‘यी चार वटै फार्मेसी बाहिरबाट हेर्दा ‘औषधि पसल र भित्र अस्पताल सेवा रहेको पाइएपछि मुख्यमन्त्रीज्यूको निर्देशनपछि बन्द गराइयो ।’ उहाँले भन्नुभयो ।

तर केही फार्मेसीले एक्सरेदेखि ल्याब, बेड, इमर्जेन्सी उपचार सेवा दिने गरेको भएपनि आफूहरुले त्यस्तो सेवा नदिएको सिद्धार्थ मेडिकलका संचालन लिला लामाले जानकारी दिनुभयो । ‘पर्याप्त छानबिन गरेर कारबाही अघि बढाइनुपथ्यो, उहाँले भन्नुभयो, तर मुख्यमन्त्री जस्तो व्यक्तिबाट हचुवाको आदेश दिने काम भयो ।’अनुगमनपछि निजगढ ८ सहिद चोकको जीवनदान अस्पताल र निजगढ–९ बकैया टोलमा रहेको निजगढ सिटी हस्पिटललाई बन्द गर्न लगाइएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत ठाकुरले बताउनुभयो । ‘दुवै अस्पतालले इजाजत र अन्य आवश्यक प्रक्रिया नै पूरा नगरी सञ्चालन गरेको पाइयो ।’ अधिकृत ठाकुरले भन्नुभयो ।त्यसैगरी निजगढ–८ सहिद चोककै नारायणी दन्त सेवा केन्द्र, लायन्स चोकको निजगढ डेन्टल क्लिनिक, निजगढ–७ को कान्ता डेन्टल मेडिकललाई पनि बन्द गर्न निर्देशन दिइएको ठाकुरले बताउनुभयो ।

Leave a Reply