निजगढ,बारा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ५ ओटा मोटरसाईकल पनि बरामद भएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार प्रहरीले कोल्हबी नगरपालिका वडा नम्बर १ कोल्हबी बजार बस्ने वर्ष २१ को राहुल बि.क, सोही ठाउँ बस्ने वर्ष २३ को अर्जुन खवास र वर्ष २३ को मुस्कान चौधरीलाई प्र.२–०३–००६ प ६५१५ नम्बरको १२५ सि.सि. क्षमताको होण्डा कम्पनीको साइन, ना. ४८ ५. ६९७० नम्बरको टिभिएस कम्पनीको कालो रङको आरटिआर, बा. ९४ प. २१४६ नम्बरको बजाज कम्पनीको २२० सि.सि. क्षमताको निलो रङको पल्सर, ना. ६५ प. ८८६० नम्बरको टिभिएसकम्पनीको रातो कालो रङको स्टाइकर र प्रदेश २–०३–००५ प ६२२६ नम्बरको टिभिएस कम्पनीकै निलो रङकको स्टाइकर मोटरसाइकलसहित पक्रउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक रंजन मिश्रको कमाण्डमा खटिएको टोलीले जिल्लाका विभिन्न मिति र स्थानबाट चोरी भएका मोटसाइकल खोजतलासको क्रममा चोरसहित बरामद गरेको हो ।
मकवानपुरबाट एक हजार किलो गाँजासहित चारजना पक्राउ
मकवानपुर,कैलाश गाउँपालिका– ५ कटहरेबाट १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा छन् ।

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यसैगरि झापाको बिर्तामोड नगरपालिका– ३ भगवानचोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्रामसहित सोही नगरपालिका– ३ शिवालय टोल बस्ने २६ वर्षीय वीरबहादुर राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका– १ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ दुई किलो ७ सय १४ ग्रामसहित हुम्लाको सर्केगाड गाउँपालिका– ५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले रोल्पाको लुङग्री गाउँपालिका–७ की ३२ वर्षीया पुनम पुन मगर , धादिङको गल्छी गाउँपालिका–५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ग्राम सहित पक्राउ गरेको छ ।

 

Leave a Reply