निजगढ,निजगढ नगरपालिकाले हस्ताक्षर संकलन गरेर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुरुवात गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच अभियानको पहिलो दिन सोमवार हिंसा विरुद्धको प्रतिवद्धतासहित हस्ताक्षर संकलन गरिएको छ ।निजगढ नगर प्रमुख सुरथ पुरीले हस्ताक्षर गरेपछि शुरु भएको सो कार्यक्रममा नगर उपप्रमुख सोममाया थिङ्ग, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला र विभिन्न राजनीति दलका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयसहित २४ वटै वडा कार्यालयमा लैंगिक हिंसाविरुद्धको ब्यानर राखेर अभियानको सुरुवात गरिएको छ । उपमहानगरपालिकामा आयोजित अभियान शुभारम्भ कार्यक्रममा नगर प्रमुख राजन पौडेल, सामाजिक विकास शाखा प्रमुख रमेश सुवेदीलगायतको उपस्थित थियो ।अभियानको क्रममा १६ दिनसम्म सचेतनामूलक कार्यक्रम आयोजना गरिने जीतपुरसिमरा उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तैगरी अभियानको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले कलैया पनि जिल्ला प्रहरी कार्यालय परिसरमा कार्यक्रमको आयोजना गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक सेवा केन्द्र, हाम्रो प्रयास, संरक्षण नेपाल र जेजेवाईसीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply