राजन कुमार बानिया
पोखरिया,रुलर स्किल डेभलपमेन्ट सेन्टर प्रा.लि.को आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा संचालित १ महिने सिलाई कटाई तालिम आइतवार सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको वडा नम्बर ३, ६, ७, ८, ९, १० का महिलाहरुको लागि संचालन गरिएको तालिममा सहभागी महिलाले सिलाई कटाई र बुनाईको सीप सिकेका छन ।

महिलाले यसरी सीप सिकेको सीपलाई जीवन उपयोगी बनाउदै आर्थिक रुपान्तरण गर्न सक्नुपर्ने पोखरिया नगरपालिकाका उपप्रमुख रुबी ठाकुरले बताउनुभयो । तालिमको समापन कार्यक्रममा बोल्दै उपप्रमुख ठाकुरले सो कुरा बताउनुभएको हो ।
नगरपालिकाले नगरभित्रका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले समय समयमा यस्ता तालिमको आयोजना गर्दैआएको उहाँले बताउनुभएको छ । १ महिने सिलाइ कटाइ तालिमका सहभागीहरु मध्ये १२ जनालाई आइतवार पोखरिया नगरपालिकाकी उपप्रमुख ठाकुरले प्रमाणपत्र तथा सिलाई कटाई मेसिनसमेत हस्तान्तरण गर्नुभएको थियो ।
पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरबारीमा वडा नम्बर ९ का वडाध्यक्ष नौसाद आलमको अध्यक्षतामा भएको सो कार्यक्रममा योजना प्रमुख वाल्मीकी साह, सहायक नरेन्द्र साह, नेकपा एमाले नगर अध्यक्ष बिन्धाचल ठाकुर, बिजय झा, भगवान साह, ललन पटेल, निरज ठाकुर, नेता मनोज चौहान, रामअयोध्या कुर्मी, प्रशिक्षक बिन्दा देबी चौरसिया, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।


















