रौतहट,रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । मन्त्रिपरिषदको सिफरिसमा राष्ट्रपति भण्डारीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरेको विरोधमा रौतहटको यमुनामाई गाउँपालिकाको सुकदेव चोक र गरुडामा शनिबार साँझ राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला बनाएर जलाइएको हो । रौतहटको गरुडामा जनता समाजवादी पार्टीका नेता बृजकिशोर यादवको नेतृत्वमा प्रतिनिधि सभा विघटन असवैधानिक, अलोकतान्त्रिक कदम भएको भन्दै विरोधमा पुत्ला दहन भएको हो । उनीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीको केपी ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

त्यसैगरी यमुनामाइको सुकदेव चोकमा भने नेकपा माओवादी केन्द्रका युवा नेता एवम प्रवक्ता नन्दलाल यादवको नेतृत्वमा प्रदर्शन भएको हो ।

Leave a Reply