सरकार भनेको राज्य हो र सबै नागरिकहरुको रक्षा गर्नु, संरक्षण गर्नु सरकारको दायित्व हो । तर नेपालको सन्दर्भमा त आफ्ना कार्यकर्ताले अपराध नै गरेपनि ढाकछोप गर्नु र अरु भए सकेसम्म सिध्याउने उद्देश्य सरकारमा रहेकाहरुको देखिन्छ । चाहे केपी ओली हुन् वा अरु कोही किन नहुन् । उनीहरु सबैको उद्देश्य यही हो कि आफ्नालाई जोगाउने अरुलाई फसाउने ।

हालैका दुई वटा घटनाहरु हेर्ने हो भने सबैका लागि यही अनुभूति हुन्छ । चैत १५ गते भएको प्रदर्शनमा संलग्न रहेको र प्रहरीको भीडमा प्रहरीकै हत्या गर्ने जस्तो आशयले गाडी चलाउने दुर्गा प्रसाईलाई सरकारले उन्मुक्ति दिएको छ ।
अनि कुनै बेला गृहमन्त्री समेत भएका व्यक्तिलाई पक्राउ गर्न भने सरकार प्रहरीलाई बेडरुमसम्म पठाउने काम गर्दछ । मुख्य कुरा के हो भने यहाँ रवि निर्दोष र दुर्गा दोषी भन्न खोजिएको पनि होइन तर कानुन सबैका लागि बरावर हुने हो । कोही फरारको नाउँमा उन्मुक्ति पाइरहने कोही भने अदालतमा आफै उपस्थित हुन्छु भन्दा पनि अन्तिम इच्छा के छ भन्दै पक्राउ गर्न जानु ठीक हो र ? यसैले गर्दा सरकार अनि व्यवस्था विरुद्ध नै नारावाजी हुने गरेको हो ।

प्रक्रिया सबैलाई समान हुनुपर्दछ । कारबाहीको शैली पनि समान हुनुपर्दछ । त्यसरी अनावश्यक रुपमा धडपकड गर्नु उचित होइन । कसैलाई राजनीतिक व्यवहार कसैलाई चोरको जस्तो व्यवहार हुनु ठीक होइन । रवि लामिछाने भागेर पनि जाने खासै ठाउँ छैन । भाग्ने नियत पनि देखिदैन । प्रहरीमाथि हत्यासम्मको काम गरेको पनि होइन अनि सरकारमा रकम अपचलनको नाउमा पक्राउको शैली अनि प्रहरी मार्नेसम्मको हर्कत गर्नेलाई किन उन्मुक्ति ?

Leave a Reply