निजगढ,नेकपा एमाले निजगढ नगरपालिका वडा नम्बर १३ र वडा नम्बर ५ को तेस्रो वडा अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर १३ मा सोमबार र ५ मा आइतबार अधिवेशन भएको छ ।

अधिवेशनले कमान सिंह थिङ्गको अध्यक्षतामा १७ सदस्यीय १३ नम्बर वडा कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटीको उपाध्यक्षमा बुद्धीलाल स्याङ्गतान, सचिवमा राजकुमार घलान, सहसचिवमा दोर्जे लामा र सदस्यहरुमा कमला विक, धर्म स्याङ्गतान, टिकामाया रुम्बा, सर्मिला विक, माइलिमाया गोले, कुमार स्याङ्गतान, विष्णु कुसित, विष्णु स्याङ्गबो, लालबहादुर घलान, दर्जाबहादुर स्याङ्गतान, डम्बर मोक्तान, उर्मिला घलान र सूर्यबहादुर मोक्तान, धर्मराज स्याङ्गतान, भिमप्रसाद अधिकारी, गुणबहादुर प्रजा, हिरालाल बैजु, रामकुमार कार्की, मंगल घलान र सूर्यबहाुर भ्लोन चयन हुनुभएको छ ।

राकेश लामाको अध्यक्षता र एमाले बारा जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशनमा जिल्ला कमिटी सदस्य टंकबहादुर लामा, रामजी बजगाई, लिला खनाल र एमाले निजगढ नगर कमिटी अध्यक्ष दिलबहादुर लामा, अखिल नेपाल महिला संघ निजगढ अध्यक्ष लक्ष्मी गौतम, युवा संघ प्रदेश कमिटी सदस्य चण्डिका उप्रेती र अम्बिका चौलागाईल, सम्झना थापालगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेकपा एमाले वडा नम्बर ५ वडा कमिटीको आइतबार भएको तेस्रो वडा अधिवेशनले पुरुषोत्तम भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशनले कमिटीको उपाध्यक्षमा दुर्गाकुमारी गौतम, सचिवमा पुण्यप्रसाद बन्जारा, सहसचिवमा मेघराज तिमल्सिना र सदस्यहरुमा लिलाहरी चौलागाई, तन्तमाया बस्नेत, गणेश विश्वकर्मा, लिलानाथ गौतम, मनोज सापकोटा, इन्द्रबहादुर परियार, दिपा सापकोटा, बिजय तिमल्सिना, कल्पना सुनुवार, सागर गौतम, कल्पना राउत त्यसैगरी दुर्गा चौलागाई, गोविन्द दुलाल, रुद्र चौलागाई, रामशरण ढुङ्गाना, बिन्दा प्रसाद चौलागाई, उषा न्यौपाने, कमला गौतम, सितादेवी गौतम, ऋषिप्रसाद चौलागाई, सुष्मिता न्यौपाने, प्रकाश चौलागाई र विमला परियार रहेका छन ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य ज्वाला साहको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा एमाले बारा जिल्ला कमिटी सदस्य नारायणप्रसाद गौतम, एकबहादुर श्रेष्ठ, लिलादेबी लामिछाने, अम्बिका चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here