कलैया,भारतको बिहारमा आज भभएको दोस्रो चरणको विधानसभा चुनावलाई लक्षित गरी बन्द गरिएको नेपाल–भारत सीमा नाका खुल्ने भएकोछ । मधेश प्रदेशको बारा, पर्सा, महोत्तरी, धनुषा, सर्लाही, सप्तरी तथा रौतहटलगायत भारतसँग जोडिएका पूर्वी सिमानाका नाका आज रातिबाट खुलेका हुन ।भारतको बिहार राज्यमा विधानसभा चुनावका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्मका लागि बन्द गरिएको हो । शनिवार रातिदेखि बन्द नाका आज राति १२ बजेपछि खुल्नेछन ।सीमा बन्द भएसँगै जनकपुरधाम– जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमा बन्द भएका कारण भारतको जयनगरसम्म पुग्ने रेल सेवा स्थगित गरिएको र सीमा खुलेपछि पुनः सेवा शुरु गरिने जनाएको छ ।

Leave a Reply