वीरगन्ज पथलैया सडकखण्डको अवस्थाका बिषयमा धेरै टिका टिप्पणी हुने गर्दछ । वीरगन्ज पथलैया सडकखण्ड सडक केही बनेपनि अझै भने जसरी निर्माण हुन पाएको छैन । वीरगन्ज पथलैया सडकको बिस्तारका लागि अहिले बहस भइरहेको छ । यस बिषयमा धेरै टिप्पणी हुने गरेको पनि पाइन्छ तर वीरगन्ज पथलैया सडक बिस्तार गर्नुको बिकल्प छैन ।
जसले जे स्वार्थ राखेपनि सडक बिस्तार गर्नुको बिकल्प छैन । हुनत यसमा राजनीतिक स्वार्थ पनि देखिन्छ । केही राजनीतिक दल तथा पार्टीले समेत स्वार्थ राखेको देखिन्छ । यो सडक चौडा नभएका कारण बिगतमा ठूला सवारी दुर्घटना समेत यो स्थानमा भएका छन् । धेरैले ज्यान समेत गुमाएका छन् ।
यो सडक बिस्तार भयो भने यहीका नागरिकहरुलाई बढी फाइदा हुने हो । यहीका नागरिकहरुले सेवा लिने हो ।अकालमा मृत्युवरण गर्नबाट आफै बच्ने हो । सडक चौडाको बिषय घरसँग पनि जोडिनु हुन्न । कसैको उठिबास नै हुन्छ भने राज्यले त्यसको जिम्मा लिनु पर्दछ तर सडक बिस्तारको कार्य रोकिनुहुन्न । यसको बिकल्प अब छैन ।