वीरगञ्ज,सशस्त्र प्रहरीले वीरगञ्ज भन्सारबाट सुनचाँदीको गरगहना सहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौंको सुनचाँदी पसललाई बनाउन दिएको ग्राहकको सुनचाँदी कालीगढको मिलेमतोमा लिएर फरार भएका तीनजनालाई वीरगञ्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले सोमवार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल प्रान्त किशोरनगरका अन्दाजी ३५ वर्षीय सौमेन गुचैट र सोही ठाउँका २५ वर्षीय अमित दास पक्राउलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंकै जडिबुटीमा सुन बनाउने कारखाना सञ्चालन गर्ने भारत, पश्चिम बङ्गालका बटु रंग र उनका कामदारहरूसँग मिलेमतो गरी ग्राहकको सुन लिएर भागेको खुलेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुको साथबाट अन्दाजी ८२ लाल दुई सेट झुम्का, अन्दाजी ३० लालको एक सेट रिङ्ग, अन्दाजी ३० लालको एक थान सिक्रि लकेट, अन्दाजी ४ लालको गणेश लक्ष्मीको मूर्ति अङ्कित एक थान लकेट र अन्दाजी १ तोला सुनका टुक्राहरू गरी जम्मा अन्दाजी २ तोला ६६ लाल सुन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।त्यसैगरी उनीहरूको साथबाट लक्ष्मीको अन्दाजी २ तोलाको चाँदीको मूर्ति पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।



















