सिमरा,बारा प्रहरीले मंगलवार राति लाखौं मूल्य बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चौकस्थित प्रहरी चौकी पथलैया, बाराबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख २४२१ नम्बरको ट्रक रोकेर जाँच गर्दा बिल बिजक भन्दा बढीको सामान बरामद गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।प्रहरीका अनुसार बरामद भएको खुद्रा समानहरु (जुता, चप्पल, डाईफर, स्टेशनरी समान) को अ.मूल्य रु.३५,६४,००२ (पैतिस लाख चौसठ्ठी हजार दुई रुपैया) रहेको छ ।बरामद सामानसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

















