अहिले देशभरका ७५३ वटै स्थानीय निकायहरु बजेटको तयारीमा छन् । उनीहरुले संबिधान अनुसार नै यही असार १० गतेभित्रमा बजेट ल्याउनु पर्दछ । त्यसैको तयारीमा उनीहरुले अहिले नीति तथा कार्यक्रम पनि ल्याइरहेको देखिएको छ ।स्थानीय तहरुले बजेटलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम ल्याएपनि कार्यक्रमहरु भने जनमुखी देखिएको छैन । बरु उनीहरुले आफ्नो स्वार्थ बढी हेरेको देखिएको छ । बारा जिल्लाकै कुरा गर्ने हो भनेपनि केही स्थानीय तहरुले नीति कार्यक्रम ल्याइसकेका छन् भने केहीले ल्याउने तयारी गरिहेका छन् । तर, जसले नीति तथा कार्यक्रम ल्याएको छ त्यो खासै जनमुखी देखिदैन । बाराको जीतपुरसिमराको कुरा गर्ने हो भने पनि खासै नयाँ कार्यक्रम ल्याउन सकेको छैन । जनप्रतिनिधिहरु आएको पनि अब दोश्रो वर्ष शुरु हुदैछ ।अब यो या त्यो बाहाना बनाएर बजेट राम्रो ल्याउने बिषयमा स्थानीय तहहरु चुक्नु हुन्न । संबिधानले नै स्थानीय तहलाई यो विषयमा विशेष अधिकार दिएका कारण पनि उनीहरु यस विषयमा बढी गम्भीर बन्न आवश्यक देखिन्न । हो, गम्भीर बन्नुपर्दछ तर त्यसको मतलब कारबाहीको विषयमा उनीहरुले स्पष्ट भए हुन्छ । कसैले राम्रो नीत कार्यक्रम ल्याए कारबाही नभइ पुरस्कृत हुने हो । त्यसैले जनमुखी कार्यक्रम आउन आवश्यक छ ।

Leave a Reply