कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका जिल्लामा नै नमुना गाउँपालिका बन्दै गएको छ । गाउँपालिकाले १० औं गाउँसभाको निर्णय कार्यवन्यन गर्दै अगाडि बढिरहेको गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले जानकारी दिनुभयो ।
गाउँपालिकाको १० औ गाउँसभाबाट निर्णय भए अनुसार गाउँपालिकाभरिका जनतालाई रगतको अभावमा उपचारमा समस्या नहोस भनेर रक्त सन्चार केन्द्र वीरगन्जबाट सम्झौता गरेर गाउँपालिकाका जनतालाई चाहिएको जुनसुकै बेला निशुल्क रगत उपलब्ध गराउने प्रवन्ध गरेको छ ।
जसलेगर्दा गाउँपालिकाभरिका हजारौ जनता लभान्वित भएको गाउँपालिका प्रमुख चौधरीले बताउनुभयो ।
त्यस्तै गाउँपालिकाका ज्येष्ठ नागरिक र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने गाउँसभाबाट निर्णय भए बमोजिम अहिले सो निर्णय तदारुकताका साथ सन्चालनमा ल्याएको छ भने सुत्केरी महिलालाई तीन हजारबाट बढाएर पाँच हजार सुत्केरी भत्ता समेत दिने व्यवस्था गरिएको छ ।
त्यस्तै गाउँपालिकाका जनतालाई सहज र समयको मध्यनजर गरि गाउँपालिकामा बच्चा जन्मेको ३५ दिनभित्रमा वडा कार्यालयमा खबर गरेमा घरमै पुगरे जन्मदर्ता गर्ने व्यवस्था पनि गरिएको छ भने कुनै व्यक्ति मृत्यु भएको खण्डमा पनि घरमै पुगेर मृत्यु दर्ता गर्ने कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिनुभयो ।