पर्सा । वीरगन्जको ऐतिहासिक घडिअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न भएको छ । बिहानैदेखि व्रतालुहरू पोखरीमा उभिएर सूर्यलाई अर्घ्य दिन तयार भएर बसेका थिए ।
हरेक वर्ष कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।
मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन अर्थात आइतबार सन्ध्याकालीन र आज सोमबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन भएको छ ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ ।

















