आरके चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित कटैया स्वास्थ्य चौकीका लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरिएको छ।करिब ३९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यो भवनले स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।शिलान्यास कार्यक्रम स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समाजसेवीहरूको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रमका वक्ताहरूले नयाँ भवन निर्माणपछि स्वास्थ्य सेवाको स्तर वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
गाउँपालिकाका प्रतिनिधिहरूले स्वास्थ्य सेवा सबै नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै नयाँ संरचनाले सेवा प्रभावकारी बनाउन मद्दत गर्ने बताउनुभयो । यसैक्रममा, स्थानीयवासीले पनि स्वास्थ्य सुविधामा सुधार आउने विश्वास व्यक्त गर्दै खुशी प्रकट गरेका छन ।

Leave a Reply