कलैया,बाराको सिम्रौनगढमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार रौतहटका एक युवकको ज्यान गएको छ ।सोमवार जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ लक्ष्मीनिया चौकमा भएको दुर्घटनामा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्तिका उमाशंकर यादवको छोरा अन्दाजी वर्ष २५ को सुरेश यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मधेस प्रदेश २–०३–००७ प २०६० नम्बरको मोटरसाइकल र बा.प्र.०१–०३ च ४०७८ नम्बरको पिकअप सोमवार दिउँसो एकआपसमा ठोक्किदा घाइते बनेका यादवलाई उपचारको लागि कलैया प्रादेशिक अस्पतालमा ल्याइएकोमा थप उपचारको लागि वीरगञ्ज पठाइएको थियो । यादवको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्युु भएको बारा प्रहरीले जनाएको छ।प्रहरीले मोटरसाइकललाई ठक्कर दिने पिकअपसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply